सानिमा बैंकको संचालकमा गायत्री थापा नियुक्त

<p>काठमाडौं । सानिमा बैंकको संचालक पदमा संस्थापक सेयरधनी गायत्री थापा नियुक्त भएकी छिन् । बैंकको जेठ २ गते बसेको संचालक समितिको बैठकले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने गरी थापालाई नियुक्त गरेको हो । यसअघि बैंकको उक्त पदमा शाम्वा लामा कार्यरत थिए । उनले जेठ ३ गतेदेखि लागू हुने गरी राजिनामा दिएपछिको रिक्त पदमा संचालक थापालाई नियुक्त [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकको संचालक पदमा संस्थापक सेयरधनी गायत्री थापा नियुक्त भएकी छिन् । बैंकको जेठ २ गते बसेको संचालक समितिको बैठकले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने गरी थापालाई नियुक्त गरेको हो ।

यसअघि बैंकको उक्त पदमा शाम्वा लामा कार्यरत थिए । उनले जेठ ३ गतेदेखि लागू हुने गरी राजिनामा दिएपछिको रिक्त पदमा संचालक थापालाई नियुक्त गरिएको बैंकका कम्पनी सचिव रुद्रप्रसाद बन्जाराले बताएका छन् । नवनियुक्त थापाले जेठ ३ गतेदेखि नै आफ्नो कार्यभार सम्हाल्ने छिन् ।

Share News