बैठकमा बस्दा बस्दै डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी अस्वस्थ, नर्भिक हस्पिटलमा भर्ना

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी अकस्मात विरामी परी नर्भिक हस्पिटलमा भर्ना भएका छन् । उनी सोमबार साँझ हस्पिटलमा भर्ना भएका हुन् । सोमबार विराटनगरबाट फर्केर राष्ट्र बैंकको नियमित बैंठकमा बस्दाबस्दै उनलाई गाह्रो भएको थियो । हर्टअट्याक भएको आशंकासहित तत्काल उनलाई नर्भिक हस्पिटल पुर्याइएको थियो । राष्ट्र बैंकका प्रबक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी अकस्मात विरामी परी नर्भिक हस्पिटलमा भर्ना भएका छन् । उनी सोमबार साँझ हस्पिटलमा भर्ना भएका हुन् ।

सोमबार विराटनगरबाट फर्केर राष्ट्र बैंकको नियमित बैंठकमा बस्दाबस्दै उनलाई गाह्रो भएको थियो । हर्टअट्याक भएको आशंकासहित तत्काल उनलाई नर्भिक हस्पिटल पुर्याइएको थियो ।

राष्ट्र बैंकका प्रबक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार मिटिङमा बस्दै गर्दा सिवाकोटीले रिङगटा लागेको र छाती दुःखेको बताएका थिए । साथै, उनको शरिरमा चिरचिर पसिना देखिएपछि तत्काल हस्पिटल पुर्याइएको थियो ।

सोमबार साँझ उनलाई नर्भिकमा भर्ना गरिएको छ । हस्पिटल सम्बद्ध स्रोतका अनुसार ग्यास फर्मर्मेसर्न, मसल पेन जस्ता समस्या देखिएका छन् । उनको स्वास्थ्यामा सुधार आएको छ । एक दुई दिनको उपचारपछि उनी घर फर्कन सक्ने बताईएको छ ।

Share News