नक्कली सेयर कारोबार रोक्न एसएमएस एलर्ट प्रणाली विकास गरिने

<p>काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले नक्कली सेयर कारोबार नियन्त्रण गर्न मोवाईलबाट एसएमएस एलर्टको व्यवस्था गर्न लागेको छ । विभिन्न कम्पनीको सेयर बास्तविक सेयरधनीलाई जानकारी नै नदिई अरुको नाममा बेचि ठग्ने गिरोह सक्रिय भएपछि कम्पनी रजिष्ट्रार कार्यालयले प्रविधिको सहयोग लिन लागेको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा निजी, सार्वजनिक, मुनाफा वितरण नगर्ने र विदेशी गरी २ लाख [&hellip;]</p>

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले नक्कली सेयर कारोबार नियन्त्रण गर्न मोवाईलबाट एसएमएस एलर्टको व्यवस्था गर्न लागेको छ । विभिन्न कम्पनीको सेयर बास्तविक सेयरधनीलाई जानकारी नै नदिई अरुको नाममा बेचि ठग्ने गिरोह सक्रिय भएपछि कम्पनी रजिष्ट्रार कार्यालयले प्रविधिको सहयोग लिन लागेको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा निजी, सार्वजनिक, मुनाफा वितरण नगर्ने र विदेशी गरी २ लाख १२ हजार ७९१ कम्पनी दर्ता भएका छन् । तर कम्पनी रजिष्ट्रार कार्यालयमा सबै कम्पनीको सेयरधनीको मोवाईल नम्बर अद्यावधिक छैन ।

नेपाल टेलिकमको डाटा सिस्टममा लिङक गरेर कम्पनी रजिष्ट्रार कार्यालयले सेयरधनीहरुको मोवाईल नम्बरसहितको नयाँ डाटा सिस्टम बनाउने भएको छ । कम्पनी रजिष्ट्रार कार्यालय गएर सेयर किनबेचको लगत अद्यावधिक गर्नुपर्ने अवस्थामा सेयर बेचिनुभन्दा पहिला नै कम्पनीका सञ्चालक समिति र वास्तविक सेयरधनीलाई सेयर किनबेच हुन लागेको जानकारी दिईने गरी नयाँ प्रणालीको विकास गर्न लागिएको कम्पनी रजिष्ट्रार कार्यालय स्रोतले जनाएको छ ।

यसरी कम्पनीको सञ्चालकहरु र सेयरधनीलाई जानकारी दिएपछि नक्कली कारोबार हुन लागेको अवस्थामा तत्काल रोकिने र वास्तविक सेयरधनीको सुनिश्चिता गरेर मात्र सेयर किनबेच लगत अद्यावधिक बनाउने कम्पनी रजिष्ट्रार कार्यालयको तयारी छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा यो प्रयास सफल भएपछि सहकारी विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएका संस्थाहरुमा पनि यो प्रणाली लागू हुन सक्नेछ । हाल वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार निजी, साझेदारी र एजेन्सी गरी १ लाख ५६ हजार ९७९ फर्म दर्ता भएका छन् ।

Share News