बैंकबाट ‘खल्ती’मा पैसा राख्दा १०% बोनस पाइने, याे अवसर भोलि मात्र

<p>काठमाडौं । राष्ट्रिय आईसीटी दिवस २०१९ को अवसरमा खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरूको लागि एक विशेष बोनस अफरको घोषणा गरेका छन् । उक्त अफरमा एनआईसी एशिया बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्तीवालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राप्त गर्नेछन्। यो योजना बैशाख १९ गते  एक [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय आईसीटी दिवस २०१९ को अवसरमा खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरूको लागि एक विशेष बोनस अफरको घोषणा गरेका छन् । उक्त अफरमा एनआईसी एशिया बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्तीवालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राप्त गर्नेछन्।

यो योजना बैशाख १९ गते  एक दिनको लागि मात्र लागु हनेछ । बैंकद्वारा जारी गरिएका कार्डहरू मार्फत आफ्नो खल्ती खाता लोड गर्दा प्रयोगकर्ताहरूले तुरुन्तै बोनस रकम पाउनेछन् । प्रयोगकर्ताले यसरी प्राप्तगर्ने बोनस रकम अधिकतम १००० रुपैयाँ (कर सहित) मात्र हुनेछ। प्रत्येक खल्ती प्रयोगकर्ताले यो योजनामा दिनभरमा एक पटक मात्र सहभागी हुन सक्नेछन् । यसरी प्राप्त गरिएको बोनस खल्ती डिजिटल वालेटमा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानी सेवामा प्रयोग गर्न सकिने खल्तीले जनाएको छ ।

यसकाअतिरिक्त, एनआईसी एशिया बैंकले ग्राहकहरुकालागिमोबाइल बैंकिङ सेवामाअनलाइनदर्ता सुविधा समेत खुला गरेको छ। ग्राहकहरु जसले मोबाइलबैंकिङ्गसेवालिएका छैनन्, उनीहरुले अनलाईनबाटै मोबाइलबैंकिङ्गको लागि साइनअपगरी युजरनेम र पासवर्ड प्राप्तगर्न सक्नेछन् ।

राष्ट्रिय आईसीटी दिवसप्रत्येक वर्ष नेपालमा मे २ का दिनमनाउँदै आइएको छ। सुचनाप्रविधिविभागतथाविभिन्न सुचनाप्रविधि सम्बन्धित संस्थाहरूद्वारा विभिन्नकार्यक्रम सञ्चालन गरी यस दिनलाई राष्ट्रिय प्राविधिकउत्सवको रूपमामनाईन्छ। हरेक वर्ष यसै दिन सुचना प्रविधि क्षेत्रमा रहि विभिन्न योगदान पुराउने व्यक्तित्वहरुलाई “राष्ट्रिय आईसीटी पुरस्कार” समेत प्रदान गरि सम्मान गरिन्छ ।

खल्ती एक  पेमेन्ट गेटवे हो । खल्ती एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इण्टरनेट तथा डीटीएचको बिलभुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ तथाअन्यथुप्रै सेवाहरु लिन सकिन्छ । हालखल्तीप्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढि रहेको छ ।

Share News