३८ मेगावाटको अपर आँखुखोला जलविद्युतको पीपीए सम्पन्न,५ वर्षमा बिजुली बल्ने

<p>काठमाडौं। अपर आँखुखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली खरिदका लागि नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनी धादिङ्ग आँखुखोला हाइड्रो प्राइभेट लिमिटेडबीच विद्युत व्यापार सम्झौता (पीपीए) भएको छ । ३८ मेगावाट क्षमताको आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारणलाइनमा जोड्ने लक्ष्य राखिएको छ । योजनाको लागत [&hellip;]</p>

काठमाडौं। अपर आँखुखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली खरिदका लागि नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनी धादिङ्ग आँखुखोला हाइड्रो प्राइभेट लिमिटेडबीच विद्युत व्यापार सम्झौता (पीपीए) भएको छ ।

३८ मेगावाट क्षमताको आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारणलाइनमा जोड्ने लक्ष्य राखिएको छ । योजनाको लागत करिब ८ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मणि चौलागाईले हस्ताक्षर गरेका छन्।  राजधानीको नजिकमा रहेको आँखु करिडोरको यो आयोजना नेपालका उत्कृष्ट आयोजनामा पर्दछ ।

Share News