कलंकी-नौविसे सडकमा ट्राफिक व्यवस्थापन गर्न उच्च चुनौति, भारतीय ट्रकलाई प्रतिबन्ध लगाउन माग

<p>काठमाडौं । दशैं नजिकिदैं जादाँ काठमाडौं भित्रिने र बाहिरीने मुख्य नाका कलंकीदेखि नौबिसे सडकखण्डमा ट्राफिक व्यवस्थापन गर्न उच्च चुनौति देखिदैं गएको छ । २ लेनको सडकमा दशैंको समयमा उच्च सवारीको चाप हुने भएकाले सवारी जाम बढ्ने देखिएको हो । सवारी जामलाई कम गर्नका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्था विभागलाई सुझाव पत्र पेश गरेको [&hellip;]</p>

काठमाडौं । दशैं नजिकिदैं जादाँ काठमाडौं भित्रिने र बाहिरीने मुख्य नाका कलंकीदेखि नौबिसे सडकखण्डमा ट्राफिक व्यवस्थापन गर्न उच्च चुनौति देखिदैं गएको छ । २ लेनको सडकमा दशैंको समयमा उच्च सवारीको चाप हुने भएकाले सवारी जाम बढ्ने देखिएको हो ।

सवारी जामलाई कम गर्नका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्था विभागलाई सुझाव पत्र पेश गरेको छ । पत्रमा सडकको कारण नै दशैंमा यातायात सेवालाई छरितो बनाउन चुनौति रहेको उल्लेख गरिएको छ ।  भारतीय ट्रकहरुको कारण पनि सवारी जाम बढ्ने देखिएको महासंघका अध्यक्ष सरोज सिटौला बताए ।

नागढुङगा कलंकी सडकखण्ड निर्माण सम्पन्न नहुनु पनि सवारी जामको मुख्य कारण रहेको छ । यसैगरी कुनै सवारी सडकमै बिग्रिए ट्राफिक तत्कालै सवारी हटाउन प्रहरीसँग प्रविधि छैन । कुनै सवारी बिग्रिए तान्ने मेसिनकै अभाव रहेको महाशाखाका प्रवक्ता राजकुमार लम्सालले बताए ।  “सडकमा ठूला सवारी बिग्रिन्छन् हामीसँग तान्ने मेसिन छैन, हामीले यसको लागि पटक पटक प्रयास गर्यौ लम्सालले विकासन्युजसँग भने एउटा सवारी तान्ने मसिन भर्खर आएको छ, अर्को आउने तयारीमा छ ।” दशैं सुरक्षालाई लक्षित गरेर ट्राफिक प्रहरी महाशाखाले उपत्यका भित्रिने सवारीलाई थानकोटमा चेकजाँच कडा बनाएकोे छ ।

नेपाली ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले भारतीय ट्रकलाई नेपालमै प्रतिबन्ध लगाउन माग गरे । प्रधानमन्त्री कार्यालयलाई लेखेको पत्रमा भारतीय ट्रकलेको कारणले नेपालको सवारी जाम र सडकको अवस्था बिगारेको भन्दै संघले ट्रकलाई सञ्चालनमा प्रतिबन्ध लगाउन माग गरेका हुन् । भारतीय ट्रकले गर्दा नेपाली ट्रक व्यवसाय संकटमा परेको महासंघले निष्कर्ष निकालेको छ ।

उपत्यकाको सवारी बाहिर लैजाने तयारी

यातायात व्यवस्था विभागले दशैंलाई लक्षित गरेर सवारीको व्यवस्थापन गर्ने तयारी गरेको छ । विभागले दशैंमा उपत्यभित्र चल्ने सवारीले पनि उपत्याका बाहिर यात्रु बोक्न पाउने व्यवस्था गर्न लागेको हो । अहिले चलिरहेको रुटमा सवारी कम भएमा विभागले तेस्तो क्षेत्रमा थप सवारी सञ्चालन गर्न अनुमति दिनेछ । यो वर्ष दशैं कार्तिकमा परेकोले हालसम्म यात्रुको चाप बढेको छैन ।

बढी भाडा उठाए जरिवाना

सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन विभागले आह्वान गरेको छ । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । भाडा बढाएपछि चार किमिसम्मको भाडा  १४ तोकिएको छ । पाँच किमिसम्म रु १६, छ किमिसम्म रु १७, आठ किमिसम्म रु १८, १९ किमिसम्म रु २६ र १९ किमिभन्दामाथि रु २७ भाडा निर्धारण गरिएको छ ।

तोकिएको भाडादर भन्दा बढी भाडा लिनेलाई अनुगमन गरी कारवाही गरिने विभागका प्रवत्ता गोकर्णप्रसाद उपाध्ययले बताए । “अनुगमनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र उपभोक्तावादी सङ्घ संस्थाका प्रतिनिधि रहेको समूह परिचालन गरिनेछ, अनुगमनका क्रममा बढी भाडा लिएको पाइएमा कानून बमोजिम कारवाही हुनेछ”–प्रवक्ता उपाध्यायले भने । तोकेभन्दा एक मात्र बढी भाडा लिए पनि रु पाँच हजार कारवाही गरिने विभागले जनाएको छ ।

Share News