कात्तिकपछि भूकम्प पीडितले ५० हजार नपाउने, दोहोर किस्ता लिनेको सम्पति जफत

<p>काठमाडौं । सरकारले कात्तिक मसान्तपछि भूकम्प पीडितलाई घर बनाउन पहिलो किस्ता वापतको रकम नदिने भएको छ । भदौ २१ गते प्रधानमन्त्री केपी ओलीको अध्यक्षमा बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिले कात्तिक मसान्तपछि पहिलो किस्ताको रकम नबाढ्ने निर्णय गरेको हो । ८ लाख १० हजार ६ सय ९० परिवारहरु अनुदान पाउने सूचिमा छन् । हालसम्म तीमध्ये [&hellip;]</p>

काठमाडौं । सरकारले कात्तिक मसान्तपछि भूकम्प पीडितलाई घर बनाउन पहिलो किस्ता वापतको रकम नदिने भएको छ । भदौ २१ गते प्रधानमन्त्री केपी ओलीको अध्यक्षमा बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिले कात्तिक मसान्तपछि पहिलो किस्ताको रकम नबाढ्ने निर्णय गरेको हो । ८ लाख १० हजार ६ सय ९० परिवारहरु अनुदान पाउने सूचिमा छन् ।

हालसम्म तीमध्ये ७ लाख २ हजार ८ सय ३४ परिवारले पहिलो किस्ता प्राप्त गरेका छन् । प्राधिकरणले २०७५ असारभित्र पहिलो किस्ता लिईसकेका लाभग्राहीहरुले पुस मसान्तभित्र दोश्रो किस्ता लिईसक्नुपर्ने बताएको छ । हालसम्म ४ लाख ८६ हजार ८ सय ६४ परिवारले मात्रै दोश्रो किस्ता प्राप्त गरेका छन् ।

२०७५ साल माघभित्र दोश्रो किस्ता लिनेहरुले २०७६ जेठभित्र तेश्रो किस्ता लिईसक्नुपर्ने बताएको छ । हालसम्म २ लाख ९६ हजार ४ सय ७० घरहरुको पुननिर्माण सम्पन्न भएको छ ।  प्राधिकरणले दुई ठाउँबाट अनुदान लिएको फेला परेमा सरकारी बाँकी सरह असुल्ने पनि स्पष्ट पारेको छ । सरकारी बाँकी सरह असुल उपर गर्दा व्यक्तिको चल अचल सम्पति जफत गरेर लिलामी समेत गर्ने व्यवस्था छ ।

Share News