
काठमाडौं । भारतले अमलेखगञ्जसम्म पेट्रोलियम पाइलाइन पुर्वाधार बनाइदिने भएको छ । नेपाल र भारतका मन्त्रीबीच शुक्रबार काठमाडौंमा भएको द्धिपक्षिय बैठकमा भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानले भरतपुरसम्म पेट्रोलियम पाइपलाइन विस्तारमा सहमति जनाएका हुन् ।
रक्सौलदेखि अमलेखगञ्जसम्म ३९ किलोमिटर लामो पाइपलाइन बिच्छाउने काम जारी रहेका बेला भारतले चितवनसम्म पाइपलाइन विस्तार गर्न सहमति जनाएको हो । नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेतृत्व गरेका थिए ।
भेटवार्तामा भारतबाट ग्याँस पनि पाइपलाइनबाटै नेपाल ल्याउने सहमति भएको छ । भारतीय पक्षले गरेको अध्यायन प्रतिवेदन समेत नेपाललाई बुझाएको छ । यसैगरी नेपालको ५३ वटा ग्याँस बुलेट टर्मिनलसम्म गएर ग्याँस ल्याउन पाउने सहमति भएको छ । पेट्रोलियम पाइपलाइन विस्तार को विषयमा औपचारिक सहमति हुन बाँकी छ ।
कार्यवाहाक प्रधानमन्त्री ईश्वर पोखरेल र भारतीयमन्त्री प्रधानबीच शुक्रबार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिन भारत सरकार तयार रहेको र केही प्राविधिक विषय टुङ्गो लगाएर काम अघि बढाइने मन्त्री प्रधानले जानकारी गराएका थिए ।