दशैको मुखमा सरकारले गाडी भाडा बढायो, आइतबारदेखि यात्रुले १० प्रतिशत बढी तिर्नुपर्ने

<p>काठमाडौं । दशैंकको मुखमा सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाएको छ । सरकार र यातायात व्यवसायीबीच शनिबार साँझ भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा भाडा बढाउने विषयमा सहमति भएको हो । आइतबारदेखि सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले थप १० प्रतिशत भार्डा छ । भाडा बढाउन सरकार सहमत भएपछि केही दिनभित्र दशैंका लागि अग्रिम [&hellip;]</p>

काठमाडौं । दशैंकको मुखमा सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाएको छ । सरकार र यातायात व्यवसायीबीच शनिबार साँझ भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा भाडा बढाउने विषयमा सहमति भएको हो ।

आइतबारदेखि सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले थप १० प्रतिशत भार्डा छ । भाडा बढाउन सरकार सहमत भएपछि केही दिनभित्र दशैंका लागि अग्रिम टिकट बुकिग खुल्ने भएको छ ।

यातायात व्यवसायीले असोजमा मात्रै २ पटक पेटोलियमको भाउ बढेको भन्दै सार्वजनिक यातायातको भाडा बढाउन दवाव दिदै दशैका लागि टिकट बुकिग खुलाएका थिएनन् । इन्धनको मूल्यवृद्धि भएको आधारमा भाडा बढाउने निर्णय भएको हो । यस्तै २४५ यातायात व्यवसायीको बैक खाता खुलाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ ।

Share News