मेगा बैंकको सिन्धुलीमा एकैदिन दुई शाखारहित बैंकिङ सेवा

<p>काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले एकैदिन सिन्धुली जिल्लाका दुई स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सिन्धुलीको तीनपाटन गाउँपालिकाको बेलघारी, चकमकेमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बेलघारीको शाखारहित बैंकिङ सेवाको उद्घाटन वडा अध्यक्ष गोबिन्दबहादुर राउतले गरेका हुन् । यसैगरी, वडा नम्बर १० का वडा अध्यक्ष पुण्यहरि भुजेलले चकमके शाखारहित बैंकिङ [&hellip;]</p>

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले एकैदिन सिन्धुली जिल्लाका दुई स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सिन्धुलीको तीनपाटन गाउँपालिकाको बेलघारी, चकमकेमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बेलघारीको शाखारहित बैंकिङ सेवाको उद्घाटन वडा अध्यक्ष गोबिन्दबहादुर राउतले गरेका हुन् । यसैगरी, वडा नम्बर १० का वडा अध्यक्ष पुण्यहरि भुजेलले चकमके शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन् ।

मेगा बैंकका सिन्धुली शाखा प्रबन्धक केशबप्रसाद देवकोटाले मेगा बैकको खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने र १० लाखसम्मको सरल कर्जा शाखारहित बंैकिङबाट उपलब्ध हुने जानकारी गराएका छन् ।

Share News