लगानी बोर्डले नसकेपछि अर्थमन्त्री र ऊर्जामन्त्रीको चिनियाँ कम्पनीसंग पश्चिमसेती आयोजना बनाउने विषयमा वार्ता

<p>काठमाडौं । लगानी बोर्डले मात्र पश्चिमसेती जलविद्युत आयोजनाको समस्या समाधान गर्न नसक्ने अवस्था आएपछि दुई मन्त्री र चिनियाँ कम्पनीबीच छलफल शुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा र जलस्रोत, ऊर्जा, सिंचाइमन्त्री वर्षमान पुनले अहिले चाइना थ्री गर्जेज इन्टरनेशनलका अध्यक्षसंग छलफल शुरु गरेका हुन् । मंगलबार र बुधबार बिहानसम्म भएको वार्ता निष्कर्षविहिन भएपछि अर्थमन्त्री र [&hellip;]</p>

काठमाडौं । लगानी बोर्डले मात्र पश्चिमसेती जलविद्युत आयोजनाको समस्या समाधान गर्न नसक्ने अवस्था आएपछि दुई मन्त्री र चिनियाँ कम्पनीबीच छलफल शुरु भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा र जलस्रोत, ऊर्जा, सिंचाइमन्त्री वर्षमान पुनले अहिले चाइना थ्री गर्जेज इन्टरनेशनलका अध्यक्षसंग छलफल शुरु गरेका हुन् । मंगलबार र बुधबार बिहानसम्म भएको वार्ता निष्कर्षविहिन भएपछि अर्थमन्त्री र ऊर्जामन्त्रीको अग्रसरतामा अहिले ऊर्जा मन्त्रालयमा छलफल भइरहेको छ । छलफलमा लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीको समेत सहभागिता रहेको छ ।

थ्री गर्जेजले सरकारले तय गरेको ७५० मेगावाटको पश्चिमसेती आयोजनाको विद्युत खरिदविक्री सम्झौता (पीपीए) आकर्षक नभएको, जग्गा अधिग्रहण, प्रसारणलाइन, लगानी ल्याउने विषयमा जटिलता आएपछि मन्त्रीतहबाट सल्टाउने प्रयास थालिएको हो ।

Share News