नेपाल इन्भेष्टमेन्ट बैंकको सातौँ एक्स्टेन्सन काउन्टर पशुपतिनाथमा

<p>काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौंको गौशालास्थित पशुपतिनाथ प्राङ्गडमा आफ्नो सातौँ एक्स्टेन्सन काउन्टर खोलेको छ । एक्स्टेन्सन काउन्टरको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त काउन्टरले मन्दिरमा जाने भक्तजनहरुले प्रदान गर्ने दान–दक्षिणालाई संकलन गर्न सहयोग गर्नेछ । बैंकले [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौंको गौशालास्थित पशुपतिनाथ प्राङ्गडमा आफ्नो सातौँ एक्स्टेन्सन काउन्टर खोलेको छ ।

एक्स्टेन्सन काउन्टरको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त काउन्टरले मन्दिरमा जाने भक्तजनहरुले प्रदान गर्ने दान–दक्षिणालाई संकलन गर्न सहयोग गर्नेछ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । बैंकले पशुपति क्षेत्र विकास कोषसंग मिलेर विगत लामो समयदेखि बैंकले पशुपति क्षेत्रका विभिन्न मठमन्दिर तथा घाटहरुको निर्माण तथा पुनर्निमाण गरिरहेको छ ।

Share News