
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले मध्यपुर थिमि नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ । यस शाखा सहित बैंकको शाखा कार्यालय संख्या ६३ पुगेको छ ।
उक्त शाखाको उद्घाटन बैंकको संचालक समितिका सदस्य उत्तम नारायण श्रेष्ठले गरेका हुन् ।
यसैगरी बैंकले आगामी दिनहरुमा पनि शाखा संजाल बिस्तार गर्दै जाने बताएको छ ।