१३, १५ बिजोर र १४ गते जोर नम्बरको सवारी चल्ने, भीआईपी सवारी आउँदा सडक खाली

<p>काठमाडौं । बिम्स्टेक सम्मेलनको तयारी अन्तिम चरणमा पुग्दा भदौ १३, १५ गते बिजोर र १४ गते जोर नम्बरको सवारी चल्न दिने सरकारले निर्णय गरेको छ । महानगरीय प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनकाे नम्बर प्लेटकाे अन्तिम अंक(१,३,५,७,९) र १४ गते (०,२,४,६,८) भएका सवारी साधनहरु संचालन हुने भएका छन् । अति विशिष्ट अतिथिको सवारीको [&hellip;]</p>

काठमाडौं । बिम्स्टेक सम्मेलनको तयारी अन्तिम चरणमा पुग्दा भदौ १३, १५ गते बिजोर र १४ गते जोर नम्बरको सवारी चल्न दिने सरकारले निर्णय गरेको छ । महानगरीय प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनकाे नम्बर प्लेटकाे अन्तिम अंक(१,३,५,७,९) र १४ गते (०,२,४,६,८) भएका सवारी साधनहरु संचालन हुने भएका छन् ।

अति विशिष्ट अतिथिको सवारीको लागि सरकारले जोर बिजोर प्रणाली लागू गरिएको हो । प्रहरी महाशाखाका प्रवक्ता रामकुमार लम्सालका अनुसार राती १० बजेदेखि बिहान ६ बजेसम्म भने सबै सवारी चल्न पाउनेछ । उपत्यका बाहिर जाने सवारीको हकमा बिहान छ बजे नै प्रतिबन्ध लागेको सवारी बाहिरी सक्नु पर्नेछ । यो प्रणाली सबै सवारी साधनमा लागू हुने प्रवक्ता लम्सालले बताए ।

साँझ ६ बजे म्यानमारका राष्ट्रपति विन मिन्त भैंसेपाटी स्थीत राजदुतावासमा खाना खाने कार्यक्रम रहेकोले होटल सोल्टीदेखि कालिमाटी, बल्खु, सानेपा, नख्खु दोबाटो हुदै भैंसेपाटी सम्मको सडकखण्ड केहि समय अवरुद्ध हुनेछ । राष्ट्रपति मिन्त पुन होटल सोल्टीमै फर्किने कार्यक्रम रहेको छ ।

यसैगरी सरकारले उपत्यकाको विद्यालयहरु १४ र १५ गते बिदा दिने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले मंगलबार सुचना जारी गर्दै उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका सम्पुर्ण विद्यालयहरुलाई बिदा दिने निर्णय गरेको हो ।

Share News