काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७५ र ७६औं शाखाहरु संचालनमा ल्याएको छ । बैंकले तनहुँ जिल्लाको दमौलीमा र अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नयाँ शाखाहरु विस्तार गरी संचालनमा ल्याएको हो ।
बैंकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो । साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
यीसहित बैंकले ७६ शाखा, ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बैंकिङ् सेवा तथा ५७ वटा एटीएमबाट बैंकिङ् सुविधा दिँदै आएको छ ।