काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ६३औँ शाखा काठमाडौंको ठमेलमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् ।
यस शाखाबाट बिदेशी मुद्रा खरिद बिक्री रेमिटान्स, कर्जा निक्षेप कारोबार सहित सम्पूर्ण अत्याधुनिक बैंकिङ् सुविधाहरु उपलब्ध हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ६३ पुगेका छन् भने एटीएम संख्या २७ पुगेका छन् । बैंकले निकट भविष्यमा बांंके जिल्लाको नेपालगंज सुर्खेतको छिन्चु बजार तथा बिरेन्द्रनगरको महेनद्रनगर, दाङ्गको तुल्सीपुर लगायत अन्य विभिन्न ठाँउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।