काठमाडौं । सिद्धार्थ बैंकले थप दुई नयाँ शाखा काठमाडौंको चाबहिल र चितवनको पर्सामा विस्तार गरी सञ्चालनमा ल्याएको छ । यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ् सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ् सेवा तथा मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले अगामीदिनहरुमा पनि थप शाखाहरु विस्तार गर्दै नवीनतम र आधुनिक बैंकिङ् सेवा प्रदान गर्ने योजना बनाएको छ । हाल बैंकले १२३ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ् सेवा, १२६ एटीएम र ९०० भन्दा बढी पीओएस मेसिनमार्फत् गुणस्तरीय बैंकिङ् सेवा प्रदान गर्दै आएको छ ।