गण्डकी विकास बैंक अब तुलसीपुरमा पनि

<p>काठमाडौं । गण्डकी विकास बैंकले दाङ्को तुलसीपुरमा बिहीबारदेखि शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको ७३ वटा शाखाहरु सञ्चालनमा आएका छन् । साथै, बैंकले छिटै नै थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिएका छन् । यस संगै बैकका ७३ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान हुनेछ । बैंकले [&hellip;]</p>

काठमाडौं । गण्डकी विकास बैंकले दाङ्को तुलसीपुरमा बिहीबारदेखि शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको ७३ वटा शाखाहरु सञ्चालनमा आएका छन् ।

साथै, बैंकले छिटै नै थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिएका छन् ।

यस संगै बैकका ७३ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान हुनेछ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एबीबीएस, एटीएम, इसीसी/आईपीएस, सीआश्वा, मोबाइल बैंकिङ सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

Share News