बैंकमा जनताको पैसा १५ खर्ब २५ अर्ब पुग्यो, कसको कति (सूचिसहित)

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप २०.२ प्रतिशत वृद्धि भएको छ । गत असारसम्म व्यक्तिगत निक्षेप बढेर १५ खर्ब २५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १२ खर्ब ६९ अर्ब १४ करोड रुपैयाँ थियो । एक वर्षको अवधिमा व्यक्तिगत निक्षेप २ खर्ब ५६ अर्ब १२ करोड रुपैयाँ बढेको नेपाल राष्ट्र [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप २०.२ प्रतिशत वृद्धि भएको छ । गत असारसम्म व्यक्तिगत निक्षेप बढेर १५ खर्ब २५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १२ खर्ब ६९ अर्ब १४ करोड रुपैयाँ थियो ।

एक वर्षको अवधिमा व्यक्तिगत निक्षेप २ खर्ब ५६ अर्ब १२ करोड रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष व्यक्तिगत निक्षेप १५ प्रतिशत बढेको थियो । असारसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप १९.४ प्रतिशत बढेर २८ खर्ब ३६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २३ खर्ब ७५ अर्ब १० करोड रुपैयाँ थियो । एक वर्षको अवधिमा कुल निक्षेप ४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) भएको बताए पनि व्यक्तिगत निक्षेप भने बढेको छ ।असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ९.३ प्रतिशत, ३४.५ प्रतिशत र ४४.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३५.४ प्रतिशत र ४३.२ प्रतिशत थियो ।

बैंक तथा वित्तीय संस्थामा कुल निक्षेपमा झण्डै ६० प्रतिशत व्यक्तिगत निक्षेप रहेको छ । बैंक तथा वित्तीय संस्थामा कर्मचारी संचय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थानलगायत सबै बीमा कम्पनी, स्थानीय सरकार, सार्वजनिक संस्थान, गैरसरकारी संस्था र वैदेशिक निक्षेप रहेको छ ।

कुल निक्षेप मध्ये बैंक तथा वित्तीय संस्थामा बीमा कम्पनीको १ खर्ब ८७ अर्ब ६२ करोड, संचय कोषको ५२ अर्ब ८० करोड, लगानी कोषको ६८ अर्ब ४९ करोड, स्थानीय सरकारको १० अर्ब ९० करोड, सार्वजनिक संस्थानको २ खर्ब ५५ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप सीमा घटाएर ४५ प्रतिशतमा झारेपछि कम देखिएको छ ।

 

Share News