सनराइज बैंकको लम्जुङ्गको दुई शाखाहरु स्थानान्तरण

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडले लम्जुङ्ग जिल्लाको दुई शाखाहरु स्थानान्तरण गरेको छ । बैंकले उक्त जिल्लाको झ्याड्ड खोला स्थित वेसिशहर शाखा (साविकको स्थानबाट करिव १५० मि. को दुरी) तथा सोही जिल्लाकै तल्लोबजार स्थित सुन्दरबजार शाखा (साविकको स्थानबाट करिव २० मि. को दुरी) मा शाखा कार्यालय स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रमबीच उक्त जिल्लाको उद्योग [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडले लम्जुङ्ग जिल्लाको दुई शाखाहरु स्थानान्तरण गरेको छ । बैंकले उक्त जिल्लाको झ्याड्ड खोला स्थित वेसिशहर शाखा (साविकको स्थानबाट करिव १५० मि. को दुरी) तथा सोही जिल्लाकै तल्लोबजार स्थित सुन्दरबजार शाखा (साविकको स्थानबाट करिव २० मि. को दुरी) मा शाखा कार्यालय स्थानान्तरण गरेकोे छ ।

आईतबार एक कार्यक्रमबीच उक्त जिल्लाको उद्योग वाणिञ्ज संघका प्रथम उपाध्यक्ष रामबाबु श्रेष्ठ, सुन्दरबजार सामुदायिक अस्पतालका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ र बैंकका सहायक महाप्रबन्ध सर्वेन्द्र मिश्रले संयुक्त रुपमा सुन्दरबजार शाखाको उद्घाटन गरेका छन् ।

साथै वेसिशहर शाखाको उद्घाटन सोही स्थानका नगरपालिकाका मेयर गोमानसिंह आर्यालले गरेका हुन् । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले उक्त स्थानमा शाखा स्थानान्तरण गरेको हो ।
हाल यस बैंकले ९१ वटा शाखा, १०६ वटा एटिएम, २३ वटा शाखारहित बैंकिङ्ख सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News