वाणिज्य बैंकलाई भारुमा ऋण लिन बाटो खुल्यो, हाउजिङ, घरजग्गा र रियलस्टेटमा लगानी गर्न नपाइने

<p>&nbsp; काठमाडौं । वाणिज्य बैंकहरुले भारतीय रुपैयाँ (भारु) मा भारतबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट बैंकले बुधबार निर्देशन जारी गरी प्राथमिक पुँजीको २५ प्रतिशत मात्र भारुमा ऋण लिने बाटो खुला गरेको हो । सो रकम बैंकले जलविद्युत, विद्युत प्रसारणलाइन, सडक, लघुवित्त र पर्यटन क्षेत्रमा लगानी गर्न पाउने छन् । हाउजिङ, घरजग्गा र [&hellip;]</p>

 

काठमाडौं । वाणिज्य बैंकहरुले भारतीय रुपैयाँ (भारु) मा भारतबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट बैंकले बुधबार निर्देशन जारी गरी प्राथमिक पुँजीको २५ प्रतिशत मात्र भारुमा ऋण लिने बाटो खुला गरेको हो । सो रकम बैंकले जलविद्युत, विद्युत प्रसारणलाइन, सडक, लघुवित्त र पर्यटन क्षेत्रमा लगानी गर्न पाउने छन् ।

हाउजिङ, घरजग्गा र रियलस्टेटमा भने लगानी गर्न नपाउने व्यवस्था गरेको राष्ट बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुगानाले बताए । \उनका अनुसार भारुमा लिएको कर्जाको अवधि न्युनतम १ वर्षदेखि ५ वर्षसम्म हुनेछ । ऋणदाताले सहमति जनाएमा समय थप गरिने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

भारत सरकारले जारी गरेको टेजरी विल्सको औसत डिस्काउन्ट दरमा १ प्रतिशत प्रिमियम थप गरि लिन सक्ने व्यवस्था गरेको छ । सो कर्जामा ब्याज बाहेक कुनै शुल्क लाग्नु नहुने राष्ट बैंकले जनाएको छ । विदेशबाट ऋण लिदा बैंकले धितो र ग्यारेन्टी लिन नपाउने व्यवस्था गरिएको छ । नेपाल बैंकर्स संघको सुझावका आधारमा केन्द्रीय बैंकले भारुमा विदेशबाट ऋण लिने व्यवस्था गरेको हो । यो व्यवस्थाले गत वर्षको जस्तो लगानीयोग्य पुँजीको अभाव नहुने अपेक्षा गरिएको छ ।

डलरमा ऋण लिदा महंगो पर्ने भएको भन्दै बैंकहरुले भारुमा ऋण लिन पाउने व्यवस्था गर्न माग गरेका थिए ।यसअघि नै केन्द्रीय वैंकले परिवत्र्य मुद्रा डलर र युरोमा पनि विदेशबाट ऋण लिन बाटो खुला गरेको थियो । डलरमा ल्याउने ऋण महंगो र जोखिम बहन गर्नका लागि हेजफण्ड पनि नभएको बैंकहरुले ८० अर्ब रुपैयाँ भन्दा बढी विदेशबाट ऋण लिन पाउने छन् ।

Share News