काठमाडौं । मुक्तिनाथ विकास बैंकले सिन्धुलीको कमलामाई, धुराबजारमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सोही नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले गरेका हुन् ।
यससहित बैंकको शाखा संख्या ९५, १५ वटा एटिएम रहेको छ । पुगेको छ । हाल बैंकको ३ लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।