कम्पनी ऐन संशोधनपछि ७२ कम्पनी खारेजीमा, (सुचिसहित)

<p>काठमाडौं । कम्पनी ऐन संशोधन भएपछि ७२ कम्पनी खारेजीमा गएका छन् । कम्पनी ऐनको पहिलो संशोधनले पुराना कम्पनीलाई चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क बुझाएर खारेजीमा जाने सुबिधा उपलब्ध गराएपछि ती कम्पनी खारेजीमा गएका हुन् । खारेज कम्पनीको विवरण हेर्न यहाँ क्लिक गर्नुस  खारेजीमा जाने कम्पनीका सञ्चालकहरुले चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क बुझाएर बन्द गर्न बाटो [&hellip;]</p>

काठमाडौं । कम्पनी ऐन संशोधन भएपछि ७२ कम्पनी खारेजीमा गएका छन् । कम्पनी ऐनको पहिलो संशोधनले पुराना कम्पनीलाई चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क बुझाएर खारेजीमा जाने सुबिधा उपलब्ध गराएपछि ती कम्पनी खारेजीमा गएका हुन् ।

खारेज कम्पनीको विवरण हेर्न यहाँ क्लिक गर्नुस 

खारेजीमा जाने कम्पनीका सञ्चालकहरुले चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क बुझाएर बन्द गर्न बाटो खुल्ने कम्पनी रजिष्टार कार्यालयले जनाएको छ ।पुराना कम्पनी बन्द गर्न चाहनेहरुका लागि तयार पारेको आवेदन फारम, कम्पनी खारेजी सम्बन्धी साधारण सभाले गरेको निर्णयको माइन्युट, लेखा परीक्षण प्रतिवेदन, कर चुक्ताको प्रमाणपत्र र अन्य निकायबाट अनुमति लिएका भए त्यस्तो निकायबाट अनुमति लिएको प्रमाणपत्र उपलब्ध गराउनु पर्ने राजिष्टार कार्यालयका आशिष श्रेष्ठले बताए ।

स्थानीय तहदेखी नै चरणबद्ध भएर मन्त्रालयसम्म आइपुग्नु पर्ने भएकाले पनि तत्काल ७२ कम्पनी मात्र खारेजीमा गएका हुन् । अहिलेसम्म ७२ वटा मात्रै खारेजीको पत्र मात्र आएको उनले बताए । कम्पनी खोल्न भन्दा पनि बन्द गर्न समस्या हुदै आएको थियो ।

कम्पनी ऐन संशोधन भएपछि चुक्तापुँजी ०.५ प्रतिशत शुल्क बुझाएपछि खारेजीमा जान सक्ने व्यवस्था गरिएको छ । अब विविध कारणले सञ्चालन हुन नसकेको उद्योग प्रतिष्ठाले स्वेच्छिक खारेजीमा जान सक्ने छन् ।

Share News