काठमाडौँ । शिक्षक सेवा आयोगले परिक्षामा सहभागीहरुको कापी मेसिनले जाँच्ने भएको छ । नतिजालाई छिटो छरिटो र विश्वसनीय बनाउन भन्दै आयोगले मेसिन प्रयोग गरेर कापी जाच्न लागेको हो ।
अब खुल्ने शिक्षक सेवा आयोगको विज्ञापनमा सहभागी हुने परीक्षार्थीहरुको सबै कापी मेसिनले जाच्नेछ । यसका लागि आयोगले आन्तरिक तयारी अन्तिम चरणमा पुर्याईसकेको छ । यस अघि नै शिक्षा मन्त्रालयले एमविविएस परीक्षाको कापी मेसिनको प्रयोग गरि जाँच्दै आएको थियो । सोही प्रबिधी उपयोग गरेर आयोगको परिक्षामा सहभागीहरुको पनि कापी जाँच्न लागिएको हो ।
वस्तुगत प्रश्नहरुको उत्तरपुस्तिका परीक्षणका लागि अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनको उपयोग गरिनेछ । ‘यस अघि यही प्रविधि लोकसेवा आयोगले प्रयोग गर्दै आएको छ, हामी पनि त्यही प्रविधि ल्याउने सोचमा पुगेका हौं ।’, आयोगका अध्यक्ष ताना गौतमले । शिक्षा मन्त्रालयमा खाली बसेको प्रविधि जडान र त्यसका लागि आवश्यक पेपर तथा केही लजिष्टक खर्च बाहेक ठूलो भार नपर्ने पनि बताए ।
मन्त्रालयलाई उक्त मेसिन उपलब्ध गराएकै कम्पनीका प्रतिनिधिसँग जडान गर्दा लाग्ने लागत र आवश्यक अन्य पक्षहरुका बारेमा आयोगले केही चरणको छलफल गरेको गौतमले बताए । मेसिनबाट परीक्षण हुने उत्तर पुस्तिकाको हकमा कलमको प्रयोग गर्नु हुँदैन । यसको प्रयोगका बारेमा परिक्षार्थीहरुलाई छुट्टै जानकारी दिने गरी आयोगले योजना बनाउने पनि गौतमले बताए ।