मिस नेपाल श्रृंखला खतिवडा बनिन् गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर

<p>काठमाडौं । आर्किटेक्ट मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर भएकी छिन् । गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवाल र मिस नेपाल श्रृंखलाले एम्वेसडर बन्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले [&hellip;]</p>

काठमाडौं । आर्किटेक्ट मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर भएकी छिन् । गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवाल र मिस नेपाल श्रृंखलाले एम्वेसडर बन्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट स्नातक गरेकी हुन् ।

आफू मिस नेपाल वर्ल्ड २०१८ भएता पनि आफनो इन्जिनियरिंग पेशा अनुरुपको प्रोडक्टमा ब्राण्ड एम्वेसडर हुन पाएको उनले खुशी व्यक्त गरेकी छिन् । स्थायी तथा अस्थायी संरचनाको निर्माणमा बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने गोर्खा इको प्यानलको प्रयोगबाट भूकम्पपश्चातको पुननिर्माण तीव्र हुने सम्भावना भएकोले पनि आफू गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर बनेको बताएकी छिन् ।

वर्तमान समयमा निर्माण सामाग्रीको दुनियाँंमा नयाँंनयाँं निर्माण सामाग्रीहरु बजारमा उपलव्ध भएको कुरा औंल्याउँदै आर्किटेक्ट मिस नेपाल खतिवडाले आर्किटेक्टहरुले भबन डिजाइन गर्दा गोर्खा इको प्यानल जस्ता भूकम्प प्रतिरोधात्मक र वातावरणमैत्री निर्माण सामाग्री प्रयोग गर्न जोड दिएकी छिन् ।

आर्किटेक्ट इन्जिनियहरुको भाबनालाई आर्किटेक्ट इन्जिनियरले नै प्रतिनिधित्व गर्न सक्ने भएकोले आर्किटेक्ट मिस नेपाल श्रृखलालाई ब्राण्ड एम्वेसडर बनाएको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए ।

Share News