काठमाडौं । कषि विकास बैंक लिमिटेडले कैलाली जिल्लामा नयाँ एक्सटेन्सन काउन्टर खोलेको छ । बैंकको कैलालीको कैलाली बहुमुखी क्याम्पसमा विस्तार गरिएको उक्त काउन्टर बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) लिलाप्रकाश सिटौलाले गरेका छन् ।
कैलाली क्याम्पसमा अध्ययनरत विद्यार्थी लगायत गरिव भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस् भन्ने उद्देश्यले उक्त काउन्टरको विस्तार गरिएको बैंकले जनाएको छ ।
कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई एटिएम,एसएमएस,मोवाईल बैंकिङ्ग सुविधा निशुल्क प्रदान गर्न निर्देशन दिनुका साथै स्थानीय जनता र क्याम्पसको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता बृद्धि गर्दै लग्ने बैंकका सीइओ सिटौलाले बताएका छन् ।