काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विदेशबाट कालोधन सुटुक्क ल्याएर बाढ्न नपाइने बताएका छन् । तत्कालिन एमाले र माओवादी केन्द्र निकट इञ्जिनियरहरुको एकता सभालाई सम्बोधन गर्दै ओलीले भने -नेपालमा पैसा सुटुक्क आउन पाउँदैन्, बैंकबाट आउनु पर्छ ।
उनले कालोधनलाई वर्तमान सरकारले कुनै हालतमा स्वीकार गर्न नसक्ने पनि स्पष्ट पारेका छन् । ‘कालोधन आउन दिँदैनौं । कालोधन ल्याएर बाड्न पाइँदैन् । एकथरी मान्छेहरु पैसा पठाउन पाउनु पर्यो भनिरहेका छन् । अर्काथरी कानुन मिचेर पैसा ल्याउन खोजिरहेका छन् । यो सरकारले यी सबैलाई कानुनी दायरामा ल्याउँछ ।’ ओलीले भने ।
उनले सबैका कामहरु कानुन सम्बत हुनुपर्ने बताउँदै भित्रभित्रै गलत क्रियाकलाप नगर्न चेतावनी पनि दिए ।
उनले पाँच बर्षभित्र बिरगञ्ज काठमाडौं रेलमार्ग निर्माण सम्पन्न गर्ने दावी पनि गरे । उनले मेची-महाकाली रेलमार्ग र केरुङ-काठमाडौं रेलमार्गको निर्माण तथा काठमाडौं हुँदै पोखराबाट लुम्बिनी पुग्ने रेलमार्ग पनि सरकारको प्राथमिकतामा रहेको बताए । उनले काठमाडौंबाट बनेपा-धुलिखेल हुँदै खुर्काेटबाट सिन्धुली-बर्दिबास रेलमार्ग पनि बताउने घोषणा गरे ।