रेल चढेर भारतीय पर्यटक पशुपति र चिनियाँ लुम्बिनी आउँछन्: प्रदिपकुमार ज्ञवाली

<p>नेपाल कम्युनिस्ट पार्टीका बौद्धिक नेताका रुपमा पहिचान बनाउन सफल परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय कुटनीतिमा पनि सफल हुदैं आएका छन् । उनले अहिले कुशलताको साथ परराष्ट्र मन्त्रीको जिम्मेबारी सम्हालिरहेका छन्  । प्रधानमन्त्री केपी शर्मा ओलीको दुई छिमेकी राष्ट्र चीन र भारतको भ्रमण सफल बनाउनमा मन्त्री ज्ञवालीको महत्वपुर्ण भूमिका रहेको छ । वैदेशिक लगानी र नेपालले गर्ने [&hellip;]</p>

नेपाल कम्युनिस्ट पार्टीका बौद्धिक नेताका रुपमा पहिचान बनाउन सफल परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय कुटनीतिमा पनि सफल हुदैं आएका छन् । उनले अहिले कुशलताको साथ परराष्ट्र मन्त्रीको जिम्मेबारी सम्हालिरहेका छन्  । प्रधानमन्त्री केपी शर्मा ओलीको दुई छिमेकी राष्ट्र चीन र भारतको भ्रमण सफल बनाउनमा मन्त्री ज्ञवालीको महत्वपुर्ण भूमिका रहेको छ । वैदेशिक लगानी र नेपालले गर्ने अन्तराष्ट्रिय शक्ति सन्तुलनबारे मन्त्री ज्ञवालीसंग विकास न्यूजका लागि खेमराज श्रेष्ठले गरेको वहस

नयाँ सरकार गठन भएपछि वैदेशिक लगानीकर्ताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ? वैदेशिक लगानी भित्र्याउन सरकारले कस्तो तयारी गरिरहेको छ ?

नयाँ सरकर गठन गरेपछि हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनको भ्रमण गरिसक्नु भएको छ । यस क्रममा चिनियाँ र हाम्रो पक्षबाट छलफल भएको छ । यसबाट हामीले वैदेशिक लगानीकर्तामा निकै उत्साह पाएका छौं । चीन भ्रमणका क्रममा हामील झन्डै २ अर्ब डलर करिब २ खर्ब रुपैंयाको सम्झौता लगानी ल्याउने सम्झौता गरेका छौं। चिनियाँ लगानीकर्ताहरु विशेषगरी जलविद्युत, सिमेन्ट र पस्मिना लगायतको क्षेत्रमा लगानी गर्न इच्छुक रहेका छन् । भारतसँग पनि सोहि दिशामा सहमति भएको छ ।

हामीले यी बाहेक अन्य मुलुकबाट लगानी भित्र्याउने तयारी गरिरहेका छौं । वैदेशिक लगानी भित्र्याउन बैंक तथा वित्तिय संस्था र अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ । हिजोको दिनमा नेपालमा स्थिर सरकार थिएन उद्योगलाई आवश्यक पर्ने उर्जा थिएन । अहिले लगानीका लागि राम्रो वातावरण निर्माण भैसकेको छ । समग्रमा वैदेशिक लगानीकर्ताको सकारात्मक प्रतिक्रिया पाएका छौं । नयाँ सकार निर्माण भएपछि प्रतिबद्धता आइरहेका छन्, भावी दिनमा अझ बढेर जानेछ ।

चीन र भारत दुबै देशको भ्रमणमा रेलको कुरा जोडदार रुपले उठ्यो, नेपाल रेल आउने नै हो ?

रेल आधुनिक ट्रान्सपोर्टेसनको मुख्य आधार हो । देशको आर्थिक मेरुदण्डको रुपमा यातायातको विकास हुनु आवश्यक छ । रेललको विकासले देशमा ठूलो परिवर्तन ल्याउन भुमिका खेल्नेछ । हाम्रो देशमा साना सवारी साधनबाट ढुवानी गर्दा खर्च बढेर गएको छ । नेपाल जस्तो भुपरिवेष्ठित मुलुकमा ट्रान्पोर्टेसन खर्च घटाउनु पर्नेछ । हाम्रो नेपाली बजारमा चीन र भारतबाट ठूलो परिमाणमा सामाग्री भित्रिने गरेको छ । अहिले हामीले चीनबाट सामान खरिद गर्यो भने कलकत्ता बन्दरगाहा आइपुग्न ४९ दिन लाग्ने गर्दछ । तर चीनकै बाटो भएर ल्याउन सकियो भने १० दिनमा केरुङ आइपुग्छ । तर हालसम्म केरुङसम्म रेल आइपुगेको छैन । सिगात्सेसम्म मात्रै आइपुगेको छ ।

काठमाडौंबाट केरुङ र केरुङबाट सिगात्सेसम्म रेल मार्ग विकास गर्न सकेमा चिनियाँ बन्दरगाहबाट ७ दिनमै नेपालमा सामाग्री भित्र्याउन सकिन्छ । समय घटेपछि सामाग्रीको ढुवानी खर्च कम हुन आउँछ । यसबाट रेल विकास भएमा आयातित समाग्रीको मुल्य घट्नेछ । भारतको हकमा पनि उस्तै हो । रक्सौल काठमाडौं र केरुङ काठमाडौं रेलको आयोजनाको सम्झौता गरेका छौं । यो आयोजना सम्पन्न गर्न सकिएको खण्डमा स्थलमार्गबाट हाम्रो देश अन्तर महादेशिय यातायातको रुपमा जोडिनेछ । नेपाल सरकारले आफ्नै खर्चमा पुर्व पश्चिम रेलमार्गको विकास गर्ने तयारी गरिरहेको छ । अहिले हामीले काठमाडौं उपत्यका मेट्रोरेल ७२ किलोमिटर, मेची महाकाली विद्युतिय रेलमार्ग ९४५ किलोमिटर काठमाडौं वीरगञ्ज रेलमार्ग १०० किलो मिटर योजना पनि अघि बढाउने तयारी गरेका छौं ।

यसरी रेलमार्गको विकास गरिएको खण्डमा नेपालको आफ्नै रेल हुनेछ र अन्तरदेशिय रेलको माध्यमबाट बाह्य व्यपारमा टेवा मिल्नेछ । हामीले रेलमार्ग मात्र होइन जल, हवाई र स्थल सबै प्रकारका यातायातको विकास गरी समृद्ध राष्ट्रको निर्माण गर्ने संकल्प गरेका छौं । विशेषगरी हामीले रेलमार्गको विकास गरी चीन र भारतबाट पर्यटक भित्र्याउन चाहान्छौं । केरुङ-काठमाडौं चल्ने रेलले चिनियाँ पर्यटकलाई बुद्धभूमि लुम्बिनी पुर्याउनेछ भने । काठमाडौं-वीरगञ्ज रेलले भारतीय पर्यटकलाई पशुपति लिएर आउनेछ ।

वर्तमान सरकार चीनतिर ढल्केको हो भन्ने चर्चा सुरु भएको छ । यसमा यहाँ के भन्नु हुन्छ ?

तपाईले निकै पुरानो प्रश्न सोध्नु भयो । यो नेपालको इतिहास भै सक्यो । सर्वप्रथम हामीले यस्ता कुरा दिमागबाटै हटाउनुपर्छ । हुनसक्छ विगतमा कहिले कता ढल्कियौं होला कहिले कता तर अब नेपाल कतै ढल्किदैन । नेपाल एउटा स्वतन्त्र राष्ट्र होे । यहाँको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न सक्दैन । हाम्रो सरकार गठन भैसकेकेपछि इन्धन आपुर्तिमा कुनै अवरोध आएको छैन । हुन सक्छ कहिले मजदुर त कहिले प्राविधिक कठिनाईले आपुर्ति हुन नसक्नु बेग्लै कुरा हो । अब नेपालले इन्धन समस्या भोग्ने दिन गैसक्यो । हामीले विगतमा ठूलो समस्या भोगेर आइसकेका छौं । यसको लागि सरकार सचेत छ । हामीलाई अबको चुनौति भनेको आपुर्ति हुने राजमार्गहरुलाई अझ सुदृढ बनाउनु पर्छ । पृथ्वी राजमार्ग मात्रै बन्द भयो भने नाकाबन्दी बेहोर्ने अवस्था रहेको छ ।

विमिस्टेकको बैठक काठमाडौंमा सुरु हुदै छ । यसका लागि नेपालले कस्तो तयारी गरिरहेको छ ?

अगस्ट ३० र ३१ तारिखमा काठमाडौं हुने विमेस्टिेको सम्मेलको तयारी तिब्र रुपमा भैरको छ । सम्मेलनमा भााग लिनका लागि ७ देशका राष्ट्र प्रमुख आउने कार्यक्रम रहेको छ । अतिथि सुरक्षा र व्यवस्थापनको काम भैरहेको छ । विमेस्टेकबाट नेपालको प्रचार प्रसार गर्ने एक सुनौलो अवसर हो ।

सार्कलाई बलियो बनाउन नेपालले कस्तो भूमिका खेल्दैछ ?

नेपाल अध्यक्ष भएको नाताले सार्कलाई सुध्रढ र नियमित गतिविधि अगाडी बढाउनु हाम्रो हाम्रो कर्तव्य हो । उत्तर कोरिया, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीच द्धन्दको समस्या समाधान भैसकेको छ । दक्षिण एसियाको समस्या धेरै ठूलो होइन । सार्कको चार्टरमा नै यसको विवादकोे समाधान वार्ताबाट हुनेछ भनी उल्लेख गरिएको छ । यसको लागि नेपालले महत्वपुर्ण भुमिका खेल्नेछ ।

Share News