काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकैसाथ थप ८ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको जहदा, सुनसरीको धरान, भोजपुरको भोजपुर शाखा, रौतहटको चन्द्रपुर, रौतहटकै वृन्दावन, डोल्पाको डोल्पा शाखा, भोजपुरको टेम्केमैयुङ र उदयपुरको कटारीमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरुकाे औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएकाे बैंकले जनाएकाे छ ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । साथै, धरान, भोजपुर, चन्द्रपुर र कटारी शाखाहरुमा एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । यस बैकले २०७४ साल चैत्र मसान्तसम्म ६८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा ८१ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।
बैकले हाल १०९ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।