काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले एकै पटक पाँच वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । संस्थाले तनहुँको मानपुर, गोरखाको घ्याम्पेशाल, गुल्मीको खज्र्याङ्ग, नवलपुरको डेढगाँउ र परासीको भुताहामा गरी सो मात्रा शाखा संचालनमा ल्याएको हो ।
संस्थाले थप नयाँ शाखा सहित हालसम्म पश्चिमाञ्चल क्षेत्रका १० वटा जिल्लामा २० वटा शाखा संचालनमा ल्याएको छ । हाल ५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी भएको यस वित्तीय संस्थाले १० वटा जिल्लाहरु कास्की, वाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका बैंकिङ्ग पहँुच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ ।