माथिल्लो तामाकोसीको आईपीओ काठमाडौंबाट पनि भर्न पाउने, डिम्याट खाता नभए पनि हुने

<p>काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) काठमाडौंबाट पनि भर्न पाइने भएको छ । काठमाडौबाट पनि निश्चित अवधीमा निश्चित स्थानबाट सेयर आवेदन संकलन गर्न दिन नेपाल धितोपत्र बोर्ड सहमत भएको छ । वोर्डले आधिकारिक निर्णय गरेर खुला गर्ने सहमति भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए । दोलखामा [&hellip;]</p>

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) काठमाडौंबाट पनि भर्न पाइने भएको छ । काठमाडौबाट पनि निश्चित अवधीमा निश्चित स्थानबाट सेयर आवेदन संकलन गर्न दिन नेपाल धितोपत्र बोर्ड सहमत भएको छ ।

वोर्डले आधिकारिक निर्णय गरेर खुला गर्ने सहमति भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए ।

दोलखामा रहेका बैकका शाखाहरु भएका २१ वटा स्थानहरुवाट सेयर आवेदन संकलन हुने र बैक नभएको स्थानहरुमा घुम्ति संकलन केन्द्रको ब्यवस्था हुने उनले जानकारी दिए । श्रेष्ठका अनुसार यसको अतिरित्त विकट गाउँबाट आवेदन संकलन गर्न स्वयंसेवकहरु परिचालन गरिने भएको छ ।

डिम्याट अनिवार्य नभइ स्वेक्षिक हुने व्यवस्था गरिएको छ । ३ वर्षको लकिङ अवधी पछिको कारोबारको लागि डिम्याट अनिवार्य हुने भएकोले सहजरुपमा अहिले डिम्याट गर्न नेपाल धितोपत्र बोर्डको सुझाब दिएको छ ।

प्रत्येक आवेदकको बैक खाता अनिवार्य नगरी आवेदकले इच्छाएको परिवारको कुनै १ सदस्यको खातामा फिर्ता हुने नगद जम्मा गर्ने ब्यबस्था गरिएको छ ।

बिहीबार दोलखाका सबै माननीय सांसद, पूर्व मन्त्री, जिल्लाका प्रमुख राजनीतिक दल, गाउँपालिका र नगरपालिकाका अध्यक्ष, नेपाल विद्युत प्राधिकरण, बोर्ड र नागरिक लगानी कोषका प्रमुखहरु सहितको बैठकले आईपीओ निष्कासन सहज गराउने निर्णय गरेको हो ।

तामाकोसीको आईपीओ साउन १६ गतेदेखि भदौ १४ गतेसम्म निष्कासन हुनेछ । प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई खुला गर्ने कोषले जानकारी दिएको छ ।

जसअनुसार आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता र सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ कित्ता आईपीओ निष्कासन हुन लागेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन हुने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।आयोजना प्रभावितले प्रतिकित्ता न्युनतम ३० देखि अधिकतम ३०० र सर्वसाधारणले ५० देखि बढीमा १ हजार कित्तासम्म आईपीओ भर्न पाउनेक कोषले जानकारी दिएको छ ।

 

Share News