आइएमई जनरल इन्स्योरेन्सको थप दुई शाखा चितवन र नवलपरासीमा

<p>काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्ना थप दुई शाखा चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोतीमा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले निर्जीवन बीमा सेवा विस्तारको दौरानमा उक्त स्थानमा नयाँ शाखा विस्तार गरी कारोबार शुरु गरेको हो । कम्पनीको टांडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले संयुक्त [&hellip;]</p>

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्ना थप दुई शाखा चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोतीमा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले निर्जीवन बीमा सेवा विस्तारको दौरानमा उक्त स्थानमा नयाँ शाखा विस्तार गरी कारोबार शुरु गरेको हो ।

कम्पनीको टांडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।

त्यसैगरी, कावासोती शाखाको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

यी शाखासहित कम्पनीको शाखा संख्या ४०, २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु सहित ५२ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Share News