काठमाडौं । प्रधानन्यायधिसमा प्रस्ताव गरिएका दिपकराज जोशीले एकै बर्षमा दुई वटा विद्यालयबाट एसएलसी परिक्षा उतिर्ण गरेको तथ्य फेला परेको छ । कायम मुकायम प्रधानन्यायधिशको जिम्मेवारीमा रहेका जोशीले २०२९ सालमा काठमाडौंको बिजय मेमोरियल स्कुल र पर्साको नेपाल राष्ट्रिय विद्यापीठबाट एसएलसी परिक्षा उतिर्ण गरेका हुन् ।

उनले विजय मेमोरिल स्कुलबाट हाई स्कुल एक्जामिनेशन पास गरेको भेटिन्छ भने विद्यापीठबाट प्रवेशिका परिक्षा उतिर्ण गरेको देखिन्छ । यी दुबै स्कुलबाट उतिर्ण गरिएका परिक्षाहरुको सिम्बोल नम्बर भने ३६६७ नै रहेको छ ।
उनले नेपाल ल क्याम्पसमा बुझाएको प्रोग्रेस कार्डमा आफुले दुबै शैक्षिक संस्थाबाट एउटै सिम्बोल नम्बरमा परिक्षा उतिर्ण गरेको विवरण भरेका छन् ।
यस्ता छन् जोशीको शैक्षिक प्रमाणपत्रहरु

