काठमाडौं । तपाइले उद्योग वा परियोजना सञ्चालनमा ल्याउनु भएको छ ? पुँजीको अभावमा परियोजना विस्तार वा प्रभावकारी रुपमा सञ्चालन गर्न पाउनु भएको छैन ? परियोजनामा लगानी जुटाउन समस्या परेको छ ? अब चिन्ता नगर्नुस इमर्जिङ नेपाल लिमिटेडले तपाइको समस्या समधान गरिदिने भएको छ ।

इमर्जिङले उद्योग तथा परियोजनामा लगानी गर्नका लागि उद्योगीसंग प्रस्ताव मागेको छ । पुँजी अभावका कारण ठुलो स्केलमा जान नसकेका उद्योग तथा परियोजनामा इमर्जिङले ८० प्रतिशतसम्म स्वपुँजी (इक्विटी) लगानी गरिदिने भएको छ । न्युनतम १ करोडदेखि ठुला उद्योग तथा परियोजनामा लगानी गर्ने इमर्जीङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. विनोद आत्रेयले बताए ।
उनकाअनुसार इमर्जिङले शिक्षा, स्वास्थ्य, सुचना प्रविधि, पुर्वाधार, कृषि तथा जडिबुटी र पर्यटन क्षेत्रमा लगानी गर्ने भएको छ । नेपालमा दर्ता भई सञ्चालनमा आई मुलुकमा कुनै न कुनै किसिमले टेवा पुर्याएका उद्योग तथा परियोजनामा लगानी गर्नका लागि प्रस्ताव आब्हान गरेको आत्रेयले जानकारी दिए । विभिन्न ऋणपत्रलगायत वित्तीय उपकरणमार्फत बजारबाट लगानी जुटाउन आत्रेयको भनाई छ ।
इमर्जिङले आधुनिक शिक्षा र हालसम्म सञ्चालनमा नआएका विभिन्न कोर्ष, सीपमुलक शिक्षा र तालिमसंग सम्बन्धित परियोजना, काठमाडौंमा वा मोफसलमा रहेका अस्पताल, अत्याधुनिक ल्याव र औषधी उद्योग, फिन टेक, एजुकेसन, मनोरन्जन, सुचना प्रविधि, स्वास्थ्य, अनलाइन भुत्तानी, क्याव सेवा, लजिस्टिक, ट्राभल्स एन्ड टुर्समा लगानी गर्ने भएको छ ।
उपकरण लिजिङ, हाउजिङ, पुर्वाधार परामर्श, जलविद्युत, कृषि, जडिबुटी प्रशोधन, होटल, रिसोर्ट, आधुनिक सम्मेलन केन्द्र, ट्राभल्स कम्पनीमा लगानी गर्ने सोच इमर्जिङको रहेको आत्रेयले जानकारी दिए ।
स्वपूँजी लगानी गर्नका लागि उद्योगीसंग अवधारणापत्र (कन्सेप्ट पेपर) माग्ने, दोस्रो चरणमा छनौटमा परेका परियोजनामा विस्तृत प्रस्ताव तयार पारी लगानी गर्ने इमर्जिङ नेपालले जनाएको छ ।
कम्पनीले आफनो उद्धेश्य पुरा गर्न केयर नेपाल रेटिङस लिमिटेड, होटल एलिस दी वण्डर इनन लिमिटेड सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आउन लागेको नेपाल इन्फ्रस्ट्रक्चर डेभलपमेन्ट बैंकमा २५ करोड रुपैयाँ लगानी गरेको उनले जानकारी दिए ।