
काठमाडौं । निजी क्षेत्रको लगानीमा स्थापनान भएको युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
युनियनले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन बन्द छिटोमा साउन २८ र ढिलोमा भदौ १२ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।
न्युनतम ५० देखि अधिकतम् ३ हजार कित्तासम्म आईपीओ भर्न सकिने लक्ष्मी क्यापिटलले जानकारी दिएको छ । लम्जुङस्थित मध्यनेपाल, वेसिशहर र सुन्दरबजार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाका आयोजना प्रभावित स्थानीयबासिन्दाले आईपीओ भर्न पाउने भएका छन् ।
कम्पनीले ३ मेगावाटको मिदिम करापु जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । आयोजनाको लगात बढेर ७९ करोड ५० लाख ७७ हजार रुपैयाँ पुगेको छ । आयोजनाको प्रतिमेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत हुर्दा आयोजना महंगो छ । लगानीकर्ताले प्रतिफल पाउन झण्डै २० वर्ष कुर्नुपर्ने कम्पनीले सार्वजनिक गरेको आब्हानपत्रमा उल्लेख गरिएको छ । आईपीओबाट संकलन गरेको रकम बैंक ऋण तिर्नमा उपयोग गरिने युनियनले जनाएको छ ।
सर्वसाधारणलाई ३८.८३ प्रतिशत अर्थात २९ करोड १२ लाख ५५ हजार रुपैयाँ बराबरको २९ लाख १२ हजार कित्ता आईपीओ निष्कासन हुने कम्पनीले जानकारी दिएको छ । आईपीओ निष्कासनपछि युनियनको चुत्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापकको ५१.१६, स्थानीयबासिन्दाको १० र सर्वसाधारणको कर्मचारी समेत गरुी ३८.८३ प्रतिशत स्वामत्वि रहने गरी लगानी संरचना तयार पारिएको छ ।