पञ्चकन्यामाई हाइड्रोपावरको आईपीओ आजदेखि खुला, ५५०० कित्तासम्म आवेदन दिन पाइने

<p>काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) आज मंगलबारदेखि निष्कासन गरेको छ ।कम्पनीले सर्वसाधारण, कर्मचारी र सामूहिक लगानी कोषलाई गरी कुल ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । नेपाल धितोपत्र बोर्डले असार १० गते आईपीओ निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको थियो । आईपीओ निष्कासन बन्द छिटोमा साउन ४ र [&hellip;]</p>

काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) आज मंगलबारदेखि निष्कासन गरेको छ ।कम्पनीले सर्वसाधारण, कर्मचारी र सामूहिक लगानी कोषलाई गरी कुल ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

नेपाल धितोपत्र बोर्डले असार १० गते आईपीओ निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको थियो । आईपीओ निष्कासन बन्द छिटोमा साउन ४ र ढिलोमा साउन १५ गते तोकिएको बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

आईपीओका लागि न्युनतम ५० र अधिकतम ५ हजार ५०० कित्तासम्म आवेदन दिन पाउने सनराईजले जानकारी दिएको छ । कुल निष्कासन मध्ये ४ प्रतिशत अर्थात ४४ लाख रुपैयाँ बराबरको ४४ हजार कित्ता आईपीओ कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ । यस्तै ५ प्रतिशत अर्थात ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । बाँकी १० करोड १ लाख रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई छुट्टाइएको छ ।

सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाको शाखाबाट आईपीओ भर्न सकिने छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ । स्थानियबासिन्दालाई ६ करोड ६ लाख रुपैयाँ बराबरको ६ लाख ६ हजार निष्कासन गरेको थियो ।

पञ्चकन्यामाईले वार्षिक २०० प्रतिशत खुदनाफा बढाउन भएको छ । कम्पनीले आउदो ४ वर्षमा खुदनाफा गत आर्थिक वर्ष ०७३र०७४ को तुलनामा ७९७ प्रतिशत बढाएर बढाएर १४ करोड ९८ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । एक वर्षदेखि बिजुली उत्पादन थालेका कम्पनीले आयोजना बनाउदा लिएको कर्जा विस्तारै भुक्तानी गर्दै आउदो ४ वर्षमा नाफा बढाएर १४ करोड ९८ लाख रुपैयाँ पुर्याउने भएको हो । गत आवमा कम्पनीको नाफा १ करोड ६७ लाख रुपैयाँ थियो ।

चालु आवमा नाफा ७ करोड ६२ लाख, आगामी वर्ष ०७५/०७६ मा १० करोड, ०७६/०७७ मा १२ करोड ४५ लाख रुपैयाँ खुदनाफा गर्ने भएको छ ।नाफा बढ्दै गएपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढ्ने भएको छ । आगामी आव ०७७/०७८ मा ईपीएस बढेर १३ रुपैयाँ ६३ पैसा पुग्ने छ । गत आवमा ईपीएस १.९१ प्रतिशत थियो । चालु आवमा ६.९३, आगामी आवमा ९.१६, आव ०७६/०७७ मा ११.३२ रुपैयाँ पुग्ने छ ।

Share News