सिद्धार्थ बैंकको एकै साथ ३ नयाँ शाखा सञ्चालनमा

<p>काठमाडौं । सिद्धार्थ बैंकले आइतबार(आज) विभिन्न स्थानहरुमा एकैसाथ ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कपिलवस्तु शवराज नगरपालिको चन्द्रौटा, पश्चिम रुकुम मुसीकोट नगरपालिकाको मुुसीकोट र पूर्व रुकुम पुथा उत्तरगंगा गाउँपालिकाको पुथा उत्तरगंगामा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले आइतबार(आज) विभिन्न स्थानहरुमा एकैसाथ ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कपिलवस्तु शवराज नगरपालिको चन्द्रौटा, पश्चिम रुकुम मुसीकोट नगरपालिकाको मुुसीकोट र पूर्व रुकुम पुथा उत्तरगंगा गाउँपालिकाको पुथा उत्तरगंगामा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग तथा मेबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।

बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा प्रदान योजना बनाएको छ । बैंकले देशभर १२१ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ९०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News