श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको एकैदिन थप दुई शाखा सञ्चालनमा

<p>काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्नो थप दुई शाखा सल्यान र रुकुममा विस्तार गरेका छन् । फाइनान्सले एकैदिन सल्यानको श्रीनगर र रुकुम (पश्चिम) को सोलावाङ्गमा कार्यालय विस्तार गरी कारोबार शुरु गरेको छ । उक्त दुवै शाखा सञ्चालन पश्चात यस वित्तीय सस्ंथाको शाखा कार्यालय संख्या १० पुगेको छ । हाल वित्तीय संस्थाको मिति [&hellip;]</p>

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्नो थप दुई शाखा सल्यान र रुकुममा विस्तार गरेका छन् । फाइनान्सले एकैदिन सल्यानको श्रीनगर र रुकुम (पश्चिम) को सोलावाङ्गमा कार्यालय विस्तार गरी कारोबार शुरु गरेको छ ।

उक्त दुवै शाखा सञ्चालन पश्चात यस वित्तीय सस्ंथाको शाखा कार्यालय संख्या १० पुगेको छ । हाल वित्तीय संस्थाको मिति २०७५ आषाढ ३१ सम्ममा चुक्ता पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ रहेको छ । साथै, सोही अवधिमा संस्थाको कुल निक्षेप ३ अर्ब ७० करो८ रुपैयाँ तथा कुल लगानी ३ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

Share News