काठमाडौं । सनराइज बैंक लिमिटेडले कलंकी शाखालाई साविकको स्थानबाट करिब ५० मि.को दुरीमा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रमबीच बैंकका संचालक समितिका संचालकहरु ई.बच्छराज तातेड र ज्योतिकुमार बेगानीले कलंकी शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो ।
हाल बैंकले ९० वटा शाखा, १०० वटा एटीएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै, मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।