काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले धनुषा जिल्लाको जनकपुरधाममा आफ्नो ५५औँ शाखा स्थापना गरी कारोबारको शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकको जनकपुर शाखाका मुख्य व्यवस्थापक नरेश शाक्यले गरेका हुन् ।
बैंकको यस शाखाबाट सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुनेछन् । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ५५ पुगेका छन् भने एटीएम संख्या २५ पुगेका छन् ।
बैंकले निकट भविष्यमा धनुषा जिल्लाको जनकपुर, ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग, नवलपरासी जिल्लाको कावासोती र वर्दघाट तथा अन्य विभिन्न ठाँउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको छ ।