वाणिज्य बैंकले तोकेको भन्दा बढी नाफा लिए, स्प्रेडदर ५.८१ प्रतिशतमा

<p>काठमाडौं । वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी नाफा लिइरहेको पाइएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा बैंकहरुले निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेड) लाई तोडेका छन् । स्प्रेडदर बढेर ५.८१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । बैंकले अधिक नाफा कमाएको आरोप लागेपछि राष्ट्र बैंकले स्प्रेडदर तोकेर नियन्त्रणको प्रयास गरेको हो [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी नाफा लिइरहेको पाइएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा बैंकहरुले निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेड) लाई तोडेका छन् । स्प्रेडदर बढेर ५.८१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकले अधिक नाफा कमाएको आरोप लागेपछि राष्ट्र बैंकले स्प्रेडदर तोकेर नियन्त्रणको प्रयास गरेको हो । केन्द्रीय बैंकले स्प्रेडदरलाई ५ प्रतिशतमा सीमित गरेको छ । बैंकले ५ प्रतिशत भन्दा बढी नाफा कमाउन पाउदैनन् । पछिल्लो समयमा लगानीयोग्य पुँजीको समस्या आएर वित्तीय घर्षण बढेपछि बैंकले मंहगोमा निक्षेप उठाउने प्रवृतिले स्प्रेडदर पनि तोडिन पुगेको हो ।

बैंकहरुले तोकिएको भन्दा बढी नाफा लिन थालेपछि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले स्प्रेडदरलाई घटाएको छ । आगामी ०७६ असारसम्म स्प्रेडदर घटाएर ४.५ प्रतिशत कायम राख्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले स्प्रेडदर घटाउदै लैजाने बताएको छ । बैंकले स्प्रेडदर सीमा तोडेपछि राष्ट्र बैंकले आउदो असोज मसान्तसम्म ५ प्रतिशतमा झार्न बैंकलाई निर्देशन दिएको थियो । स्प्रेडदर घटेपछि ऋणको ब्याज घट्छ र उद्योगी व्यवसायीलाई फाइदा हुने छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकको औसत निक्षेपदर ६.६१ प्रतिशत रहेको छ । औसत कर्जाको ब्याजदर बढेर १२.४३ प्रतिशत पुगेको छ । यस्तै निक्षेप लागत बढेपछि आधारदर पनि बढेर ११ प्रतिशत नजिक पुगेको छ ।

अधिकाँश बैंकको स्प्रेडदर ५ प्रतिशत तल रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल बताउछन् । विकास न्युजसंग कुरा गर्दै उनले “स्प्रेडदर घट्दा बैंकको नाफामा कमी आउने भएपनि उद्योगी व्यवसायीलाई फाइदा हुने देखिन्छ ।”

Share News