प्रभु बैंकको म्याग्दीमा थप दुई शाखा

<p>काठमाडौं । प्रभु बैंकले म्याग्दीमा थप दुई शाखा संचालनमा ल्याएको छ । बैंकले म्याग्दी जिल्लाको धौलागिरी र रघुगंगामा गरी २ वटा शाखा कार्यालय बिहीबारदेखि सञ्चालनमा ल्याएको हो । उक्त धवलागिरी शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गरेका हुन् । त्यसैगरी रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रघुगंगा शाखाको उद्घाटन गरेका हुन् । बिहीबारदेखि सञ्चालनमा आएका [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले म्याग्दीमा थप दुई शाखा संचालनमा ल्याएको छ । बैंकले म्याग्दी जिल्लाको धौलागिरी र रघुगंगामा गरी २ वटा शाखा कार्यालय बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।

उक्त धवलागिरी शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गरेका हुन् । त्यसैगरी रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रघुगंगा शाखाको उद्घाटन गरेका हुन् ।

बिहीबारदेखि सञ्चालनमा आएका दुई शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।

Share News