गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तिब्र गतिमा, आगामी असारबाट जहाज उड्ने

<p>काठमाडौं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी वर्षको असारदेखि सञ्चालनमा ल्याउने भएको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने तयारी गरेको हो । अंग्रेजी क्यालेन्डरअनुसार विमानस्थल सन् २०१९ को जुलाइमा सपन्न गर्ने तयारी भएको हो ।  विमानस्थलको काम ५० प्रतिशत सम्पन्न भएकाे नेपाल नागरिक उड्डयान प्राधिकरणका [&hellip;]</p>

काठमाडौं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी वर्षको असारदेखि सञ्चालनमा ल्याउने भएको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने तयारी गरेको हो । अंग्रेजी क्यालेन्डरअनुसार विमानस्थल सन् २०१९ को जुलाइमा सपन्न गर्ने तयारी भएको हो ।

 विमानस्थलको काम ५० प्रतिशत सम्पन्न भएकाे नेपाल नागरिक उड्डयान प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले बताए । देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चिनिन लागेको गौतम बुद्धमा ठेकेदारले तिब्र गतिमा काम गरिरहेकोले अबकोले काम समयमै सकिने पौडेलले बताए ।

विमानस्थलकोे समग्र ५० प्रतिशत भन्दा बढी काम भैसकेको आयोजना प्रमुख ओमनारायण शर्माले बताए । ‘अहिले विमानस्थलमा पार्किङ, प्रशासनिक भवन, कन्ट्रोल टावर लगायत पुर्वाधारको काम भैरहेको छ, शर्माले भने वर्षा रोकिने बित्तिकै रनवे पिचको काम हुन्छ ।’

उनका अनुसार रनवेमा पिच बाहेकका सबै काम सकिइसकेका छ । रनवे पिच गर्नका लागि ५ देखि ७ महिनासम्म लाग्नेछ । प्रशासनिक भवनको अन्तिम चरणको काम भैरहेको छ । कन्ट्रोल टावरको पाचौं तलाको काम भैरहेको शर्माले बताए । धावनमार्गको पिच चैत सम्ममा सकिए आगामी वर्षको असारसम्ममा विमानस्थल तयार हुनेछ ।

विमानस्थल निर्माण गर्न चिनीयाँ कम्पनी नर्थ वेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनले गरिरहेको छ । कम्पनीले २ सय जना चिनियाँ कामदार झिकाएर धमाधम काम गरिरहेको छ ।

धावनमार्गको ५ चरणको काम मध्ये अर्दन पेमेन्ट, मिक्स ग्राभेल, रिभर बेस म्याटिरीयलको काम सकिसकेको छ भने अहिले एलिग्रेड बेस लेयरको काम भैरहेको छ । तीन किलोमिटर लामो धावनमार्गमा एलिग्रेड बेसको काम अन्तिम चरणमा पुगेको छ । अहिले अन्तिम चरणको बिटामिन लेयरको काम भैरहेको छ ।

सरकारले राष्ट्रिय गौरवको रुपमा अघि बढाएको सो आयोजना सन् २०१७ मै सकिने लक्ष्य लिइएको थियो । तर निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा तोकिएको समय भन्दा २ वर्ष ढिलो हुने भएको हो ।

विमानस्थल निर्माण सम्पन्न भएपछि ६ वटा अन्तर्राष्ट्रिय जहाज र ४ वटा स्वदेशी जहाज पार्किङ गर्न सकिनेछ । आयोजनाको लागि सरकार, एसियाली विकास बैंक (एडीबी) र  ओपेकको अन्तर्राष्ट्रिय सहयोग नियोगले लगानी गरेका छन् । आयोजना ६ अर्ब रुपैंया लागतमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

Share News