मौद्रिक नीतिपछि सेयर बजार राताम्य, तीन नीतिकाे प्रभावमा दाेहाेराे अंककाे गिरावट

<p>काठमाडौं । आर्थिक वर्ष २०७५/२०७६ को मौद्रिक नीति सार्वजनिक भएकाे भाेलिपल्ट सेयर बजार रातै भएकाे छ । बिहीबार सेयर बजार दोहोरो अंकले घटेकाे छ । बिहीबारको सेयर बजार १३.६६ अंकले घटेर ११९१ अंकमा झरेको छ । दिनभरको बजारमा १६३ कम्पनीको ४५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी बीमा समूह १०७ अंकले [&hellip;]</p>

काठमाडौं । आर्थिक वर्ष २०७५/२०७६ को मौद्रिक नीति सार्वजनिक भएकाे भाेलिपल्ट सेयर बजार रातै भएकाे छ । बिहीबार सेयर बजार दोहोरो अंकले घटेकाे छ ।

बिहीबारको सेयर बजार १३.६६ अंकले घटेर ११९१ अंकमा झरेको छ । दिनभरको बजारमा १६३ कम्पनीको ४५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी बीमा समूह १०७ अंकले ओरालो लागेको छ । सो दिन उत्पादन मूलक समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् ।

सेयर बजार सम्वन्धि तीन विषय मौद्रिक नीतिमा आएको छ । तर ती तीन वटै नीतिले सेयर बजारलाई सकारात्मक प्रभाग छोड्न सकेन ।

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले पुँजी कोषको २० प्रतिशतसम्म मात्र सेयर कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ । यसअघि पुँजी कोषको ४० प्रतिशत रकम सेयर कर्जा प्रवाह गर्न सक्ने नीति थियो ।

मौद्रिक नीतिमा सेयर कर्जा प्रवाह गर्दाको मूल्यमा २० प्रतिशत गिरावट आउँदासम्म मार्जिन कल गर्न नपर्ने व्यवस्था गरिएको छ । हाल व्यवहारमा बैंक तथा वित्तीय संस्थाहरुले ३० प्रतिशत गिरावट आउँदा पनि मार्जिन कल नगर्ने गरेकोले नयाँ मौद्रिक नीतिको प्रभाव कम परेको लगानीकर्ताहरुको बुझाइ छ । नियमत कर्जा प्रवाह गर्दाको भन्दा १० प्रतिशतभन्दा बढी सेयर मूल्य घट्दा मार्जिन कल गर्नु पर्ने व्यवस्था थियो ।

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुलाई पनि ब्रोकर लाईसेन्स दिने व्यवस्था गरिएको छ । अनलाईन ट्रेडिङको तयारी पुरा हुन लागेको र ब्रोकरको कारण सेयर कारोबार संकुचित अवस्थामा नरहेको विश्लेषणसहित बैंकलाई ब्रोकरको काम गर्न दिदैमा बजार मूल्यमा प्रभाव नपर्ने देखिएको छ ।

Share News