राष्ट्रिय वाणिज्य बैंकको थप चार शाखा विस्तार

<p>काठमाडौं । राष्ट्रिय वाािणज्य बैंक लिमिटेडले थप चारवटा नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले मनाङ्गको नेस्याङ्ग, रौतहटको मौलापुर तथा इशनाथ र मोरङ्गको कटहरीमा थप नयाँ शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या १९९ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैकले स्थानीय जनतालाई आधुनिक [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाािणज्य बैंक लिमिटेडले थप चारवटा नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले मनाङ्गको नेस्याङ्ग, रौतहटको मौलापुर तथा इशनाथ र मोरङ्गको कटहरीमा थप नयाँ शाखा विस्तार गरी कारोबार शुरु गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या १९९ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताएका छन् ।

बैंकको हाल ७२ जिल्लामा १९९ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैयमाससम्म बैंकले १ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा कमाएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share News