सोमबार पूँजीबजार नीति आउने, जलविद्युत कम्पनीको नियमनमा कडाई र प्रिमियम मूल्य निर्धारणमा नयाँ विधि

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले असार २५ गते पुँजी बजार नीति सार्वजनिक गर्दैछ । बोर्डले आगामी आर्थिक बर्ष २०७५।७६ का लागि ल्याउन लागेको नीतिमा पुँजी बजारलाई लगानीको विश्वसनिय विकल्पका रुपमा स्थापित गराउने प्रतिवद्धता समेटिएको श्रोतले बतायो । धितोपत्र बोर्ड उच्च श्रोतका अनुसार बैंक तथा वित्तिय क्षेत्र र बीमा कम्पनी बाहेकका अन्य क्षेत्रहरुको नियमनका लागि पनि [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले असार २५ गते पुँजी बजार नीति सार्वजनिक गर्दैछ । बोर्डले आगामी आर्थिक बर्ष २०७५।७६ का लागि ल्याउन लागेको नीतिमा पुँजी बजारलाई लगानीको विश्वसनिय विकल्पका रुपमा स्थापित गराउने प्रतिवद्धता समेटिएको श्रोतले बतायो ।
धितोपत्र बोर्ड उच्च श्रोतका अनुसार बैंक तथा वित्तिय क्षेत्र र बीमा कम्पनी बाहेकका अन्य क्षेत्रहरुको नियमनका लागि पनि पुँजी बजार नीतिमा कडा व्यवस्था अघि सारिँदैछ ।

मुलतः जलविद्युत कम्पनीहरु तथा उत्पादन मुलक अन्य कम्पनीहरुको नियमनमा बिशेष कडाई गर्ने योजना पुँजी बजार नीतिमा समेटिएको छ । त्यस्तै, आईपीओको प्रीमियम मूल्य तथा एफपीओको मूल्य निर्धारणका लागि आगामी आर्थिक बर्षभित्रै बुक बिल्डिङको नियम लागु गर्ने योजना पनि समेटिएको छ ।

‘प्राथमिक र दोश्रो बजारलाई देश व्यापी बनाउने,  लगानीकर्ताको मनोबल बढाउने पुँजी बजारलाई लगानीको विश्वासिलो बिकल्पका रुपमा स्थापित गराउने योजना आउँछ ।’, धितोपत्र बोर्ड श्रोतले भन्यो । सोमबार सार्वजनिक हुने पुँजी बजार नीतिलाई धितोपत्र बोर्डको सञ्चालक समितिले अनुमोदन समेत गरिसकेको छ ।

Share News