काठमाडौं । प्रभु बैंक लिमिटेडले रौतहट जिल्लाको परोहा नगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त परोहा शाखाको उद्घाटन सोही नगरपालिकाका प्रमुख मो.शेख वकिलले गरेका हुन् ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा रौतहट जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीकदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
यस नयाँ शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ । साथै, सोही नगरपालीकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकको विश्वास छ ।