काठमाडौं । मलेसियामा २५ वर्षीय ठिटो सइद सिद्धिक अब्दुल रहमानले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
९३ वर्षीय मोहम्मद महाथिर नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका रहमान संसारकै सबै भन्दा कान्छो उमेरका मन्त्री हुन् ।
उनको उमेर सन २०१८ को डिसेम्बर ६ तारिखका दिन २६ बर्ष पुरा हुँदैछ । यस अघि खैरी जमालुद्धिनदलाई कान्छा मन्त्री मानिँदै आएको थियो । जमालुद्धि ३७ बर्षको उमेरमा मन्त्री बनेका थिए । सिद्धिकीले एसियन ब्रिटिस संसदबारे आयोजना गरिएको वादविवाद प्रतियोगीतामा एसियाका तर्फबाट ३ पटक उत्कृष्ठ वक्ताको पुरस्कार प्राप्त गरेका थिए ।
उनी मोहम्मद महाथिरको पार्टीको युवा संगठन प्रमुखको जिम्मेवारीमा थिए । ९३ वर्षीय मोहम्मद महाथिर संसारका सबै भन्दा बढि उमेरका प्रधानमन्त्री हुन् । उनै महाथिरले कान्छो उमेरका मन्त्री नियुक्त गरेर अर्काे विश्व रेकर्ड कायम गरेका छन् ।
भ्रष्टाचार बिरोध अभियान सञ्चालन गरेर पुनः मलेसियाको सत्तामा आएका महाथिरले युवा मन्त्रालयको जिम्मेवारी युवालाई सुम्पेका हुन् । महाथिरलाई आधुनिक र समृद्ध मलेसियाको डिजाईनरका रुपमा लिइन्छ । महाथिरकै नेतृत्वमा मलेसियाले राजनीतिक स्थायीत्व तथा विकास र समृद्धिको बाटो समातेको थियो ।
आधुनिक मलेसियाका निर्माता महाथिरले २५ बर्षिय ठिटोलाई मन्त्री बनाउँदा नेपाललाई पनि विकास र समृद्धिको बाटोमा अघि बढाउने दावी गरिरहेका ओली सरकार कहिले युवाले अवसर पाउँछन हेर्न बाँकी छ ।
अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुलीले संसारका सबै भन्दा पाको उमेरका प्रधानमन्त्रीले सबै भन्दा कम उमेरका युवालाई मन्त्री नियुक्त गर्नु राम्रो भएको बताए ।