१ वर्षमा ४२५ वटा छात्रवृत्ति कोटा, विदेश अध्ययनका लागि शाखाले पाएन विद्यार्थी

<p>काठमाडौँ । नेपालबाट पाकिस्तान छात्रवृत्तिमा अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या कोटा भन्दा पनि कम भएको छ । नेपालका लागि पाकिस्तानले दिएको बिएसी इन्जिनियरिङमा ६ जनाको कोटा थियो । जसमा ३ जनाको मात्रै आवेदन दिएका थिए । ३ जना मध्ये पनि २ जनाले नजाने भनेर निवेदन दिएका थिए । १ जना मात्रै पाकिस्तानमा इन्जिनियरिङ पढ्न गएका [&hellip;]</p>

काठमाडौँ । नेपालबाट पाकिस्तान छात्रवृत्तिमा अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या कोटा भन्दा पनि कम भएको छ । नेपालका लागि पाकिस्तानले दिएको बिएसी इन्जिनियरिङमा ६ जनाको कोटा थियो । जसमा ३ जनाको मात्रै आवेदन दिएका थिए । ३ जना मध्ये पनि २ जनाले नजाने भनेर निवेदन दिएका थिए । १ जना मात्रै पाकिस्तानमा इन्जिनियरिङ पढ्न गएका छन् ।

पाकिस्तानमा नै डिफारमेसीमा ८ जनाको कोटामा ९ जनाले आवेदन दिएका थिए । आवेदन दिएका ९ जना मध्ये ६ जनाले नजाने भनेर निवेदन दिएका थिए । ८ जनाको कोटामा ३ जना मात्रै अध्ययनका लागि गएका थिए । इजिप्टले १५ जनाका लागि अरवी भाषाको कोटा दिएको थियो । १५ जनाको कोटामा २१ जनाको आवेदन परेको थियो । जसमध्ये ४ जनामात्रै अध्ययनका लागि गएका छन् ।

छात्रवृत्ति शाखाका प्रमुख तथा उपसचिव रेवतीप्रसाद पराजुलीका अनुसार आर्थिक वर्ष २०७४ देखी ७५ असारसम्म नेपाल भित्र १९३ जनाको छात्रवृत्तिको कोटा थियो । र नेपालबाट विदेश छात्रवृत्तिमा अध्ययन गर्न इजिप्ट र पाकिस्तानका लागि विद्यार्थीले थोरै आवेदन दिएका छन् । इजिप्टमा १८ जनाको कोटा थियो जसमा ९० जनाले आवेदन दिएका थिए, तर १० जना मात्रै इजिप्टमा अध्ययनका लागि गएको उनले बताए ।

नेपाल र विदेशमा गरि ४४२ जनालाई छात्रवृत्तिमा अध्ययन गर्ने कोटा आएको थियो । जसमध्य विदेशमा अध्ययनको २३२ जनाको कोटा थियो । नेपालमा १९३ जनाको कोटामा १ हजार ७४२ जनाले आवेदन दिएका थिए । विदेशमा २३२ जनाको कोटा थियो । कुनै कोटामा विद्यार्थीले चाहिने भन्दा धेरै आवेदन दिएका छन् भने कुनैमा थौरैले आवेदन दिएका छन् ।

विदेशी कोटामा विद्यार्थी आफैले पनि अन्यलाई फर्म भर्ने गरेका छन् । कुनै कोटामा दुतावासले नै आवेदन लिने पनि गरेको छ ।

 

Share News