काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टोखाकाे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंककातर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा तथा अस्पतालका तर्फबाट मार्केटिङ तथा व्यापार प्रवर्धन प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।